×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : म्याग्दीको मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै एक युवक, ललितपुरमा फूलको व्यापार गर्दै महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : म्याग्दीको मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै एक युवक, ललितपुरमा फूलको व्यापार गर्दै महिला

११ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै गरेका आन्तरिक पर्यटकदेखि ललितपुरको मङ्गलबजारमा फूल, अक्षतालगायत पूजा सामग्री बिक्री गरिरहेकी एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुद्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित यस क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जन बढी हिमाल अवलोकन गर्न सकिन्छ । 
ललितपुरको मङ्गलबजारमा फूल, अक्षतालगायत पूजा सामग्री बिक्री गरिँदै । 
जिल्ला समन्वय समिति तनहुँको प्राङ्गणमा ढुङ्गा बिछ्याइँदै । धुलोमुक्त बनाउन समन्वय समितिको हाताभित्र ढुङ्गा बिछ्याउन लागिएको हो ।
पोखरा महानगरपालिका वडा नं ६ गौरीघाटबाट देखिएको फेवाताल र ताल पारीबाट माछा मारेर फर्कदै गरेका स्थानीय । 
कपिलवस्तुको शिवराज नगरपालिका–३ स्थित खरेन्द्रपुरमा कालोपत्रे सडक निर्माण गर्नका लागि माटो सम्याउँदै । नगरपालिकाको लागानीमा सडक कालोपत्रे हुन थालेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । उक्त सडक निर्माण भएपछि मदवा भितारिया, धनगढवाका नागरिकलाई आवतजवातमा सहज हुनेछ । त
दाङको शान्तिनगर गाउँपालिका–३ स्थित बयालेमा गरिएको व्यावसायिक बाख्रापालनको अवलोकन गर्दै तुलसीपुर उपमहानगरपालिका पशुसेवा शाखाका पदाधिकारी । पछिल्लो समय युवा व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुँदै आएका छन् । 
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा गत असारमा गएको पहिरोबाट घरबार विहिन भएकाको एकिकृत आवास पुननिर्माण गरिँदै । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बिमका १० सहित जिल्लाका ४० घरपरिवार पहिरोपीडितको आवास पुननिर्माण सुरु गरेको छ । 
काठमाडौँको दक्षिणी भेग चोभारमा पानी, फलफुल, चाउचाउलगायत सामग्री बिक्री गर्दै सडक व्यवसायी ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१ मा निर्माण हुँदै गरेका पक्की नाला । सडक स्तरोन्नती गर्नेक्रममा सडकमा कालोपत्रे गर्न थालिएको छ ।
नेपाल अपाङ्ग समाज सेवा सङघ केन्द्रीय कार्यालय पोखराको आयोजनामा मङ्गलवार अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामग्री ९ह्विलचियर० वितरण कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा ।  उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँले सहयोग गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: