×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ग्राहकको पर्खाइमा इटहरीका फलफुल व्यवसायी, लमजुङ भ्यू टावरमा रमाउँदै आन्तरिक पर्यटक

अर्थ सरोकार

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार

PRIME CA

देश बोल्ने फोटो कथा : ग्राहकको पर्खाइमा इटहरीका फलफुल व्यवसायी, लमजुङ भ्यू टावरमा रमाउँदै आन्तरिक पर्यटक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ग्राहकको पर्खाइमा इटहरी चोकको धरान लाइनमा फलफुल व्यवसायीदेखि लमजुङ राइनास नगरपालिकामा रहेको भ्यू टावरमा घुम्न आएका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
ग्राहकको पर्खाइमा इटहरी चोकको धरान लाइनमा फलफुल व्यवसायी ।
लमजुङ राइनास नगरपालिकामा रहेको भ्यू टावरमा घुम्न आएका आन्तरिक पर्यटक । टावरबाट दर्जनौ हिमालका साथै रमणीय स्थल देख्न सकिन्छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा शहरको नदीपुर– ३ ग्यान मार्गमा खानेपानीको पाइप बिछ्याइँदै । पोखरामा अहिले धमाधम खानेपानी आयोजनाको काम चलिरहेको छ । 
संरक्षणको अभावमा सार्वजनिक धारा जीर्ण बन्दै गएका छन् । सरकारले एकघर एकघारा जडान गर्न थालेपछि पाल्पा तानसेन १२ का सार्वजनिक धारा, कुवालगायत मर्मतको पर्खाइमा । 
मुगुम कार्मारोङ्ग गाँउपालिकाले पुलु बगरमा रू ९९ लाख लागतमा निमार्ण गरेको आफनो प्रशासनिक भवन । उक्त भवनमा प्रशासन सरेपछि स्थानीयलाई सेवा दिन शुरु गरिएको छ । 
राष्ट्रिय वन विकास तथा व्यावस्थापन कार्यक्रमअन्र्तगत सङ्घीय सरकारबाट प्राप्त रु पाच लाख आर्थिक सहयोगमा विदुर नगरपालिका–२ मा अवस्थित वनदेवी सामुदायिक वन भित्रको वनदेवी मन्दिर परिसरमा निर्माण गरिएको हरित पार्क । 
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिरापीडितका लागि सामूहिक आवास निर्माण गरिँदै । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले बिममा पहिरोपीडितका लागि दश वटा घर निर्माण गरिरहेको छ ।
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीबाट देखिएको धौलागिरि हिमाल ।
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–५स्थित शिवधुरी, ब्युहूँकोटमा मारुनी नृत्य प्रस्तुत गर्दै स्थानीय । 
साँखुस्थित ऐतिहासिक वज्रयोगिनी मन्दिरमा धार्मिक गतिविधिका क्रममा पूजारी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: