
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँमा पहिलोपटक विद्युतको राष्ट्रिय प्रसारण (११ केभी) लाइन पुगेपछि खुसी व्यक्त गर्दै स्थानीयवासीदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार नेपाल आयल निगम परिसरमा बसेको धर्नामा सहभागीहरु विरोध गर्दैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँमा पहिलोपटक विद्युतको राष्ट्रिय प्रसारण (११ केभी) लाइन पुगेपछि खुसी व्यक्त गर्दै स्थानीयवासी ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार नेपाल आयल निगम परिसरमा बसेको धर्नामा सहभागीहरु विरोध गर्दै ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ, पाल्पाको सहयोगमा तानसेन १२ मा लुहुङ्गमा व्यवसायिक बाख्रापालन गर्ने युवालाई अनुदान प्रदान गर्दै नगरप्रमुख अशोककुमार शाही ।

अज्ञात व्यक्तिले गोठमा आगो लगाइ दिँदा गोठमा रहेका सबै बाख्रासहित पूर्वाधार जलेर लाखौँको क्षति व्यहोरेका गुल्मीका किसान वीरेन्द्र शाहलाई म्याग्दीका बाख्रापालक युवाद्वारा चार वटा बाख्रा र रु १५ हजार सहयोग गर्दै । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको एसथ्री बाख्रा फर्ममा गत पुस २३ गते राति आगलागी हुँदा २६ वटा बाख्रा मरेको थियो ।

लमजुङ बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्न नगर परिसरमा राखिएको हाते ट्रयाक्टर । नगरपालिकाले किसानलाई बिहीबार ९० वटा ट्रयाक्टर वितरण गर्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव क्षेत्र दमकमा निर्माण भएको आकाशे पुल । यो प्रदेश नं १ को एक्लो आकासे पुल हो । झापाको दमकमा आकाशे पुल बनेपछि प्रदेश १ का इटहरी, धरान, दुहबी र विराटनगरमा पनि निर्माण हुनुपर्ने सार्वजनिक माग भएको छ ।

तनहुँ जलविद्युत आयोजनामा कार्यरत मजदुर बिहीबार तनहुँको दमौलीस्थित खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पालो पर्खदै । आयोजनामा कार्यरत २०० भन्दा बढीलाई खोप लगाइँदै छ ।

कर्णाली प्रदेशसभाबाट वीरेन्दगर मूल बजार जोड्ने सडक कालोपत्रे तयारीका लागि रोडा सम्याईदै ।

विश्वव्यापी फोटो प्रतियोगिता युरोर्डिस फोटो अवार्डका लागि पाँचौ स्थानमा पर्न सफल फोटो । ओस्टिओजेनेसिक इम्पेर्फक्टा (ओआई) सजिलै हाड भाँचिने रोगबाट ग्रसित बालकलाई अध्ययनका लागि ह्विलचियरको सहायताले विद्यालय लैजाँदै गरेको उक्त फोटो पोखराका खिमकाजी लामिछानेले खिच्नुभएको हो ।

कुमारी हिमालको रुपले परिचित माछापुच्छ«्रे हिमालसँगै बिहीबार देखिएको जल बलेवा चराको झुण्ड । फेवातालको किनारास्थित रानीवनमा वास बस्ने यी चरा चरणका लागि लेखनाथस्थित विभिन्न तालका सिमसार क्षेत्रमा जाने गर्दछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्