
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीलेधनगढी उपमहानगरपालिका–८ धनगढी गाउँस्थित एक खोलामा जालले माछा मार्दै गरेका स्थानिय थारु समुदायका महिलाहरुदेखिपाल्पा रामपुरका युवाले ट्वान्टी ट्वान्टी समूह स्थापना गरी सामूहिक रुपमा गरिएको आलुखेतीमा आलु खन्दै युवासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँस्थित एक खोलामा जालले माछा मार्दै स्थानिय थारु समुदायका महिलाहरु ।

पाल्पा रामपुरका युवाले ट्वान्टी ट्वान्टी समूह स्थापना गरी सामूहिक रुपमा गरिएको आलुखेतीमा आलु खन्दै युवा ।

धनगढीको बडहरास्थित फिस रिसोर्टमा रमाउँदै बालबालिकाहरु । पछिल्लो समय यहाँका रमणिय तथा पर्यटकिय स्थलहरुमा घुम्न आउनेहरुको घुइँचो लाग्ने गरेको पाइन्छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियामा व्यावसायिक रुपमा गरिएको गोलभेंडा खेती ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा दुर्घटनाग्रस्त ट्रक । आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध छ । मोटरसाइकललाई सडक पार गराउँदै प्रहरी ।

दैलेखको रानीपत्तास्थित गुराँस गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको गुराँसपार्क तथा भ्यू टावर । टावरबाट अपि हिमाल, साइपाल हिमाललगायत, बर्दिया, कैलाली, अछाम, सुर्खेत, जाजरकोट जिल्ला अवलोकन गर्न सकिन्छ ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा दुर्घटनाग्रस्त ट्रक । आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध छ । अहिले उक्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदान सम्याइँदै । परिवर्तन नेपाल संस्थाको आयोजनामा शनिबारदेखि उक्त खेलमैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

इटहरी–२ मा नवनिर्मित इप्पि ल्यान्ड एन्ड वाटर पार्कको व्हिलचेयरमैत्री पूर्वाधार । छ विगाहा क्षेत्रफल र रु ३० करोडको लगानीमा निर्माण भएको पार्कमा नेपालमै पहिलोपटक हिउँजन्य खेलहरु समावेश हुने र पार्कले नेपाल तथा सीमापारीका भारतीयहरुलाईसमेत तान्ने सञ्चालकमध्येका एक भीम पौडेल बताउँछन् । पार्क फागुन १७ बाट संघीय पर्यटनमन्त्री भानुभक्त आचार्यबाट उद्घाटन हुनेछ ।

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको ¥यालीमा सहभागीहरु ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार । कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बनेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्