×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पोखराको फेवातालमा रमाउँदै आन्तरिक पर्यटक, प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा जे देखियो

अर्थ सरोकार

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार

PRIME CA

देश बोल्ने फोटो कथा : पोखराको फेवातालमा रमाउँदै आन्तरिक पर्यटक, प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा जे देखियो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले गण्डकी प्रदेशको राजधानी पोखराको फेवातालमा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टरसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
गण्डकी प्रदेशको राजधानी पोखराको फेवातालमा रमाउँदै आन्तरिक पर्यटक ।  
७१औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टर । 
तनहुँको दमौली अस्पतालमा शुक्रबार आँखा तथा दाँत सेवाको शुभारम्भ गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी । अस्पतालले शुक्रबारदेखि आँखा, दाँत तथा थाइराइड सेवा शुभारम्भ गरेको छ । 
कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप लगाउँदै डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद अधिकारी । 
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी भागरथीको शव अन्तिम संस्कारका लागि यात्रा गरिँदै ।  गत माघ २२ गते मृत अवस्थामा भेट्टिएकी भागरथीका आफन्तले अपराधि खोज्नुपर्ने भन्दै यसअघि शव बुझ्न मानेका थिएनन् । 
प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार  विहान ट्राफिक चोकबाट निकालिएको प्रभातफेरीमा सहभागी ।  
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरु । 
७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–३ स्थित अनसनचोकमा राखिएको नेपालको  झण्डोत्तोलनपछि सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य । 
आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालागाउँ  । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज भएको छ ।
मौसममा सुधार आएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमाल  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: