
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले पनि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाले १०९.१०% ले खुद नाफा वृद्धि गरी १८ करोड ६९ लाख २२ हजार रुपैयाँ कमाउन सफल भएको छ । संस्थाको नाफा र लगानी कर्जा तथा अन्य शीर्षकमा आम्दानी बढेपछि खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
पुस मसान्तसम्म संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै ७० करोड ९३ लाख ८२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ३७ करोड ४ लाख २७ हजार रुपैयाँ छ । बिमा कोषमा ४०.५२% ले बढेको छ । यस्तै आय व्यय हिसाबबाट सारेको नाफा १२ करोड ८० लाख ४८ हजार रुपैयाँ पुगेको छ भने लगानी कर्जा तथा अन्यबाट पनि १२ करोड ८० लाख ३६ हजार रुपैयाँ आम्दानी भएको छ ।
संस्थाको खुद बिमा शुल्क आर्जन भने घटेको छ । गत वर्ष ४० करोड १५ लाख ८१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकामा अहिले ३७ करोड ८१ लाख ६ हजार रुपैयाँमा सिमित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्