- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा २४.१९% ले थोरै हो । यो अवधिसम्म आउँदा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ०.१८% ले घटेर ५ करोड ६८ करोड रुपैयाँमा सिमित भएको छ ।
पुस मसान्तसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने जीवन बिमा कोष भने २५ अर्ब ९६ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३१ अर्ब ७२ करोड पुर्याएको छ । कम्पनीको रिजर्भ कोषमा ३१ करोड २६ लाख रुपैयाँ छ ।