×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको नाफामा ८७.५८% को गिरावट, अधिकाशं सूचक प्रभावित, खराब कर्जा पनि ४.७९ प्रतिशत पुग्यो

PRIME CA

रिलायन्स फाइनान्सको नाफामा ८७.५८% को गिरावट, अधिकाशं सूचक प्रभावित, खराब कर्जा पनि ४.७९ प्रतिशत पुग्यो

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायन्स फाइनान्सको नाफा ८७.५८% ले घटेको छ । कम्पनीले यो त्रैमासमा जम्मा ७७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ २२ पैसा छ ।
यता यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४७.०४% र ८७.५८% ले घटेका छन् । यसको असर नाफामा पनि परेको छ । हाल यसको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । रिर्जभ कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । पुससम्म ५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले ३ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा पनि १.६६% बाट बढेर ४.७९% भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: