×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाले माग्यो नायब महा प्रबन्धक पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !

PRIME CA
GLOBAL IME BANK

साधना लघुवित्त वित्तीय संस्थाले माग्यो नायब महा प्रबन्धक पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेका जो कसैले मिति ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: