×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबी सोलुसन र डिजि हब बिच ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीको लागि सम्झौता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसबी सोलुसन र डिजि हब बिच ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीको लागि सम्झौता

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेड बिच सम्झौता भएको छ । लगानी र सहकार्यका लागी एसबी सोलुसन तथा डिजि हब बिच सम्झौता भएको हो । कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पुरा गर्नका लागी एसबी सोलुसनका अध्यक्ष र डिजि हबका प्रबन्ध निर्देशक बिचमा सम्झौता भएको हो ।
लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डिजि हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।
क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ । डिजि हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डिजि हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: