×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२.४ मेगावाटको अप्पर स्याङ्गे हाइड्रोपावरकाे सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२.४ मेगावाटको अप्पर स्याङ्गे हाइड्रोपावरकाे सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

११ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरकाे २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त परियोजना लमजुङ्ग जिल्लाको मर्स्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीर बहादुर घलेले यो परियोजना कोभिड-१९ को प्रभावको बाबजुद बजेटभित्रै रही छिटै नै निर्माण सम्पन्न हुने जानकारी दिए ।
यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यक्तिगत लगानिकर्ताहरुले लगानी गरेका छन् । माछापुच्छ्रे्े कृति क्यापिटलले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट) यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: