काठमाडौँ । इसेवा हो कि इस्स्स्स्स सेवा हो थाहा भएन, तर यो इसेवा नामको झुर सेवामा यसपाली स्क्याम भयो । जनताले भन्दै आएका हुन्, इसेवा जहाँ इ चल्छ, सेवा चल्दैन । र यसपाली फेरी पनि त्यही तथ्य पुष्टि भयो । एनपीएलको टिकट काट्न ठिक परेर बसेकाहरुको इसेवा वालेटमा पनि इ चल्यो, सेवा चलेन । बुकिङ्ग नखुल्दै इसेवामा टिकट सोल्ड आउट भयो । र यसको पछाडीको एउटा कारण हो इ सेवाको सुरक्षा कमजोरी, जहाँबाट जनताले होइन, स्क्यामरले टिकट किने । र अहिले ब्ल्याकमा बेच्दैछन् सायद ।
हो, इसेवामा एउटा सुरक्षा कमजोरी छ, जहाँबाट स्क्यामरले एआई बट प्रयोग गरेर बल्कमा टिकट किने । यो हामीले लगाएको आरोप होइन, स्वयम् इसेवाका प्राविधिकहरुले भनेको तथ्य हो । इसेवामा यस्तो ‘लुपहोल’ पहिलादेखि नै भएको र यसपटक पनि स्क्यामरले बल्कमा टिकट उठाएको तथ्य स्वयम् इसेवाका कर्मचारीले पुष्टि गरेका छन् । अव आवश्यक छ उचित छानविनको, किनकि दर्शकको भावना मजाक गर्ने विषय होइन । र यस्तो झुर सेवालाई दर्शकको यति धेरै माया जोडिएको एनपीएलको जिम्मा दिनु हुँदै हुँदैन ।
इसेवाबाट के ‘बल्क’मा स्क्यामरले टिकट किन्न मिल्यो होला ? यो प्रश्नको सहज उत्तर हो मिल्यो, पक्का मिल्यो । किनकि इसेवामा यस्तो सुरक्षा कमजोरी छ भन्ने तथ्य पहिलो पटक सुनिएको देखिएको होइन । उदाहरणका लागि केही समय अगाडि इसेवामा १० रुपैयाँ तिरेर ४००० पर्ने टिकट किन्न मिलेको छ भनेर समाचार लेख्ने हामी अर्थ सरोकार नै थियौँ । पछि यो सुरक्षा कमजोरी पत्ता लगाउने इथिकल ह्याकरलाई इसेवाले पुरस्कार पनि दिएको थियो र सो सुरक्षा कमजोरी समाधान पनि गरेको थियो । तर, यसपाली त इसेवामा जगदीश खड्का थिए, जसलाई इसेवा बिग्रेकैमा फाइदा थियो । किनकि उनी इसेवाको कार्यकाल सकिने बित्तिकै खल्तीमा जाँदै थिए । आखिर भयो त्यस्तै, जगदीश खड्का खल्ती पनि गए, इसेवाको यो सुरक्षा कमजोरी पनि समाधान भएन । परिणाम, आज हजारौं दर्शक टिकट काट्न प्रतीक्षारत थिए । तर टिकटको बुकिङ्ग नै नखुल्दै इसेवाले सोल्डआउट अप्सन देखाईसकेको थियो ।
यसलाई सोध्यो उसले पनि एनपिएलको टिकट पाएको छैन, उसलाई सोध्यो उसले पनि पाएको छैन । साथीभाइ कसैले पाएका छैनन् । सामाजिक संजालमा टिकट पाएँ भन्ने कोहि छ भने त्यो फेक आईडी छ । यसको मतलव के हो त ? पक्कै यही हो, इसेवाबाट टिकट काट्ने कुरामा नमज्जाको झेल भएको छ, चलखेल भएको छ । यसको उचित छानविन हुनुपर्छ । यसै पनि इसेवाजस्तो झुर सेवा दिने कम्पनीलाई एनपीएलजस्तो जनविश्वास जोडिएको खेलको काम दिनु हुँदैनथियो । पैसा उसैले बढी हाल्यो, टेन्डर पायो होला । तर अव क्रिकेट संघले पनि सोच्नुपर्छ, कुरा पैसाको मात्र होइन, जनताको विश्वासको पनि हो । भोलि क्रिकेट ग्राउण्डमा कुनै भवितव्य भयो भने त्यसको जिम्मा कसले लिन्छ ?
कुरा प्रष्ट छ, इसेवाको सिष्टम नै भ्रष्ट छ । त्यसैले सोझा जनताले किन्न नपाउने अनि स्क्यामरले बल्कमा किनेर कालोबजारी गरेका हुन् भने, भोलि समूह समूहमा क्रिकेट हेर्न जानेमाथि पनि प्रहरीले छानविन गर्नुपर्छ । कसैले काट्न नमिलेको टिकट उनीहरुले कसरी काटे ? १००० मै किने कि ब्ल्याकमा किने ? यो सब कुराको छानविन हुनुपर्छ । इसेवामा कुन कुन नम्बरबाट पेमेन्ट भएको छ, कस कसले टिकट किनेको छ, यो सब छानविन हुनुपर्छ । नत्र त सबैभन्दा बढी पैसा ह्याक हुने इसेवा, सबै भन्दा बढी नन कम्प्लाइन्सवाला वालेट इसेवा, सबैभन्दा बढी बिग्रिने इसेवा, इ चल्ने सेवा नचल्ने थोत्रो इसेवालाई क्रिकेट संघले कालोसूचीमा राख्नुपर्छ । किनकि सबाल कसैको चलेखेल वा स्क्यामरको बिजनेशको मात्र रहेन, नेपाली क्रिकेटलाई निश्चित व्यक्तिको हातमा लैजाने प्रपंचको विषय पनि हो । इसेवामाथि गम्भीर छानविन होस् ।
यसो त इसेवा इतिहास देखि नै बदनाम कम्पनी हो । नेपाल राष्ट्र बैंकको स्वीकृति विना जसले करोडौंको कारोबार गर्यो, जसले नेपालमा प्रतिबन्धित बिट्क्वाइनको समेत खुलेआम धन्दा चलायो, जसले हजारौं नागरिकको बचतको रकम झ्वाम पार्न ह्याकरको मतियार बनेको छ, जो नन कम्प्लाइन्समा सबैभन्दा अगाडि छ, जो सबैभन्दा बढी बिग्रिन्छ, सँगै ग्राहकसँग कहिल्यै हुँदैन, सबैजसो सेवा झुर छ, सधैं प्राय दुख मात्र दिन्छ । त्यसैले पनि होला सायद इसेवाले आफुलाई सबै सधैं, सँगै भन्छ, त्यो पनि लाजै पचाएर ।
इसेवाको बदमासी जनताले चाल पाईसके । किनकि इसेवाको झुर सेवाले जनता हायल कायल भईसके । अव यस्तो झुर सेवा दिने कम्पनी र यिनका हाकिमहरुमाथि पनि छानविन होस् । स्क्यामरले बल्कमा टिकट किन्न पाउनेगरी अनि जनताले बुकिङ्ग खुलेकै देख्न नपाउने गरी सिष्टममा कसकसले चलखेल गर्यो, त्यसको हिसाबकिताब हुनैपर्छ । पूराना दल फालेका जनताका लागि, तिनै पुराना दलका चम्चाहरुले चलाएको इसेवा फाल्न समय लगाउँदैनन्, बस्, दुधको दुध पानीको पानी छुट्टियोस् यसपाली र जवाफ देओस इसेवाले पनि । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्