×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बाबियाचौर बजारको सडक धमाधम कालोपत्रे हुँदै, शनिदेव धाममा शनिदेवको पूजा गर्दै भक्तजन

अर्थ सरोकार

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार

PRIME CA

देश बोल्ने फोटो कथा : बाबियाचौर बजारको सडक धमाधम कालोपत्रे हुँदै, शनिदेव धाममा शनिदेवको पूजा गर्दै भक्तजन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सडक कालोपत्रे गरिरहेका कामदारदेखी सप्तरीको रुपनी गाउँपालिकाको चुरेजङ्गल नजिकै शनिदेव धाममा शनिदेवको आइतबार पूजा गर्दै भक्तजनसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सडक कालोपत्रे गरिँदै । मङ्गला गाउँपालिकाले रु एक करोड १३ लाखको लागतमा ६२० मिटर सडक कलोपत्रे गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिकाको चुरेजङ्गल नजिकै शनिदेव धाममा शनिदेवको आइतबार पूजा गर्दै भक्तजन । विशेष गरी यस धाममा शनिबार भक्तजनको घुइँचो लाग्ने गर्छ । 
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । 
पोखरामा सम्पन्न मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय हुन सफल भएको तनहुँ जिल्लाको टिम आइतबार दमौलीमा ¥याली निकाल्दै । जिल्ला भलिबल सङ्घ तनहुँले खेलाडीलाई स्वागत एवं सम्मान गरेको हो ।
पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । 
लमजुङको बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला कारागार । पैतीस जना क्षमताको यस कारागारमा हाल ९१ जना कैदीबन्दी बस्छन् । कारागार जीर्ण हुँदै गएको छ । 
म्याग्दीको मालिका गाउँपालिका–७ बिम हुँदै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाँदै गरेका आन्तरिक पर्यटक र पृष्ठभूमिमा देखिएको गुर्जा र धौलागिरि हिमालको मनोरम दृश्य । 
कैलालीको जानकी गाउँपालिका–७ स्थित चिलम चौराहमा निर्माणाधीन गोल चोक । जनयुद्धका शहीदहरुको सम्झनामा निर्माण भएको प्रवेशद्वारलाई केन्द्रित गरी गोलचोक निर्माण हुन लागेको हो । चारैतिरबाट सडक सञ्जाल जोडिएकाले गोलचोक निर्माण भएपछि दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको छ । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि वडा न. ५ को नेपाने हँुदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको शिलन्यास गर्दै निवर्तमान सांसद भुपेन्द्र थापालगायत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले करिब तीन करोडको लागतमा २५ मिटर लामो पुल निर्माण गर्न लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: