×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्रिन कफिले मोटोपन घटाउँछ’ भनी ठगी गर्ने २ जना पक्राउ, महिलालाई खाल्डोमा पुर्ने पनि प्रहरी नियन्त्रणमा (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘ग्रिन कफिले मोटोपन घटाउँछ’ भनी ठगी गर्ने २ जना पक्राउ, महिलालाई खाल्डोमा पुर्ने पनि प्रहरी नियन्त्रणमा (भिडियो)

Artha Sarokar

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफिले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो । काठमाण्डौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षिय आशिष आचार्यले ग्रिन कफि खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगि गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियन नागरिक इगोरकुर्टस लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । 
पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डिआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कफिलाई २० र ४० हजार सम्ममा बिग्रि गरेर ठगि गरेको बताउनुभयो । उनीहरुले कानुन बमोजिम अनुमति नलिईकन अन्य सामाग्रिहरु पनि बिक्रि गर्ने गरेको पाईएको छ । पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रस्सामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफि ,२५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले महिलालाई खाल्डोमा पुरि फरार रहेका जिवन भन्ने भिम बहादुर बुढाथोकी लाई नेपाल भारत सिमास्थित कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । बुढाथोकीले फागुन १७ गते धादिङ्ग त्रिपुरामा सडक मर्मत गर्ने क्रममा खाल्डोमा लडेकी सरस्वती कुमाललाई उद्धार गर्नुको सट्टा डोजरबाट माटोले पुरि आफु फरार रहेका थिए । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी