- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ६ सयले बढेर प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ४२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०२ रुपैयाँ कायम गरेको छ ।