
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टिपर्पस फाइनान्सले आजदेखि १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले यसअघि लिलामी खुला गर्दा पनि सबै सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागेको हो । यस लिलामीमा चैत १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र बुझाउनुपर्नेछ ।
कम्पनीको सेयर लिलामी संस्थापक सेयरधनीसहित सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौंबाट आवेदन दिन सकिनेछ भने सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपागंज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्