×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः बीमा प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने, भयो सहमति (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः बीमा प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने, भयो सहमति (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुँदा बीमा समितिको सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफलमा बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी स्वतः प्राधिकरणको सञ्चालक, अध्यक्ष र कर्मचारी रहने व्यवस्थामा सहमति जुटेको हो । यसअघि कर्मचारी मात्रै प्राधिकरणमा रहने तर सञ्चालक तथा अध्यक्ष पुन नियुक्ति गर्ने व्यवस्था गर्न खोजिएको थियो । 
बिहीबारको छलफलमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी सबै स्वतः आफ्नो कार्यकालभर प्राधिकरणमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । सोही कुरामा समितिमा सहमति जुटेको छ । यसअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा समितिका कर्मचारीलाई मात्रै बीमा प्राधिकरणमा लैजान सकिने र सञ्चालक तथा अध्यक्ष पुन नियुक्ति गर्ने व्यवस्था कायम गर्न अडान लिदै आउनुभएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: