
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भिर रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने बताउनुभएको हो । संविधानले नै भूमिबिहिनहरुलाई भूमि उपलब्ध गराउने भनेकोले सोही अनुसार नै नियम कानूनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने कार्यलाई अगाडि बढाएको बताउनुभयो । अहिले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमिन दिने कामलाई तिब्रता दिइएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।
कीर्तिपुर पाँगा बालकुमारी गाँउ ब्लकमा जम्मा ५ सय ६७ कित्ता संख्या मध्ये ५६ कित्ता सरकारी सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ । पाँगा बालकुमारी क्षेत्रमा ३ दशमलव ४ हेक्टर अर्थात ६६ रोपनी १२ आना १ पैसा २ दाम जमिन रहेको छ । यस क्षेत्रमा २०२१÷२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो । यो गाँउ ब्लकको चारै तिरको नक्सालाई भिडाउँदा बस्तिका रुपमा २०७२ सालमा पाँगा बालकुमारीमा नापनक्सा भएको थियो । २०७४/०७५ मा नक्सा श्रेष्ता तयार गरी दर्ता प्रक्रियामा गएको र २०७५ असोज २१ ग्ते ७ दिने सूचना र २०७५ पुष १५ गते २१ दिने सूचना जारी गरिएपछि २०७७ माघ ७ गते गाँउ ब्लक सम्बन्धी निर्देशिका जारी भएको थिसयो । त्यसपछि २०७७ माघ १५ देखि व्यक्तिको नाममा जग्गन नामसारी गर्ने कार्य शुरु भएको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्