×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई गर्यो यस्तो आग्रह (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई गर्यो यस्तो आग्रह (भिडियो रिपोर्ट)

Artha Sarokar

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी बर्ष२०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । आगामी बर्ष२०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो । 
छलफलमा अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक बर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । उहाँले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताउनुभयो ।
अर्थमन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थमन्त्रालयले सम्बन्धीत मन्त्रालय र प्रदेशसंग छलफल गरेर मात्र अगाडी बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
अर्थमन्त्रालयले कार्यसंचालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसंचालन सम्बन्धी बजेट बृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो । बजेट पुर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरुले आ आफ्नो मन्त्रालयबारे धारणा राख्नुभएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी