×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार

PRIME CA

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो । पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको छ । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । 
कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिनुभयो । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभुति के छ भने यो बहुत सहज छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ । किनभने यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरुले कुनैपनि रौँ बराबरको पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ ।’
सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताउनुभयो । खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड १९ माथि विजय प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: