
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताउनुभएको छ । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउने बताउनुभएको हो । सबै लक्षित समुदायमा खोप पु¥याउने उहाँको भनाई छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पु¥याउछौँ । सबैलाई हामी क्रमशः त्यसको प्राइरोटी बेशमा भ्याक्सिन उपलब्ध गराउछौँ । सरकारले खासगरीकन आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पुरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडी बढाउने सन्दर्भमा पनि नीजि क्षेत्रको बैंक, वित्तीय संस्थाहरुको मनोबललाई उठाएर अगाडी बढाउने सन्दर्भमा पनि महत्वपूर्ण कामहरु गरेको छ भन्ने मेरो यहाँहरुसँग जिकिर छ ।’
अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘विद्युतको डिमान्ड शुल्क बारे हामीले एउटा निर्णय ग¥यौँ । उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय ग¥यौँ । पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’ अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्