×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सगरमाथाको उचाई नाप्दै मापन दलका एक सदस्य, दमौलीमा जेब्राक्रसबाट बाटो काट्न सिकाईँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : सगरमाथाको उचाई नाप्दै मापन दलका एक सदस्य, दमौलीमा जेब्राक्रसबाट बाटो काट्न सिकाईँदै

Artha Sarokar

१० चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सगरमाथाको उचाई मापनका लागि आधा शिविरबाट माथि उक्लिने क्रममा नापी अधिकृत तथा सगरमाथा मापन दलका सदस्य रविन कार्कीदेखि तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकमा रहेको जेब्राक्रसबाट बाटो काट्न सिकाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
सगरमाथाको उचाई मापनका लागि आधा शिविरबाट माथि उक्लिने क्रममा नापी अधिकृत तथा सगरमाथा मापन दलका सदस्य रविन कार्की ।
तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकमा रहेको जेब्राक्रसबाट बाटो काट्न सिकाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल । जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले जेब्राक्रसबाट बाटो काट्न सिकाउन थालेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नयाँ भवन मङ्गलबार रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् औषधालय सञ्चालक समितिका अध्यक्ष बबी चाम्लिङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रु सात करोड ३६ लाख २१ हजार १७९ लागतमा निर्माण सम्पन्न गरेर उक्त भवन सञ्चालनमा ल्याइएको हो । 
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आयोजित दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगितामा सहभागी खेलाडी, खेल प्रतियोगितामा नगरका ११ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । 
पोखरा महानगरपालिकाले फेवाताल तथा त्यस वरपर क्षत्रलाई थप व्यवस्थित बनाउने उद्देश्यले माटो निकाल्दै ।
पब्लिक ज्ञान ज्योति सेकेन्डरी स्कुलको विद्यार्थी लिएर मङ्गलबार बिहान आउँदै गर्दा  दाङको तुलसीपुर उपमहानगरपालिका–१५, सरैयाडाँडामा दुर्घटना भएको बस । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित एक पाउरोटी उद्योगमा सोमबार अनुगमन गर्दै जिल्लास्तरीय अनुगमन टोली । जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको अनुगमनका क्रममा पाउरोटी उद्योगमा सरसफाई कमी देखिएको छ । 
मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता हुँदै ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको ऐतिहासिकस्थल भकुण्डेचौर । यहाँ मल्लकालमा राजा भर्तीबम मल्लले राज्य गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी