×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

PRIME CA

कृषि विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कृषि विकास बैंक र मञ्जुश्री फाइनान्सको बोनस सेयर म्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कृषि विकास बैंक बैंकले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । बैंकले पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ भने अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । 
यता मञ्जुश्री फाइनान्सले १८% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: