×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : भारतको वृन्दावनमा सेल्फी लिँदै आन्तरिक पर्यटक, डुङ्गामा रङ लगाउँदै डुङगा चालक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकी धार्मिकस्थल प्रेम मन्दिरमा सेल्फी खिच्दै गरेका आन्तरिक पर्यटकदेखि पोखराको फेवाताल नजिक डुङ्गामा रङ लगाउँदै गरेका डुङ्गा चालकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकी धार्मिकस्थल प्रेम मन्दिरमा सेल्फी खिच्दै आन्तरिक पर्यटक । 
पोखराको फेवाताल नजिक डुङ्गामा रङ लगाउँदै डुङ्गा चालक । यतिबेला बाँध मर्मतका लागि फेवातालको पानी सुकाइएको छ । 
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ विजौरीमा युवा विष्णु ओली र रामचन्द्र खड्काले बिक्रीका लागि उत्पादन गर्नु भएको ‘पन्त १’ जातको कागतीका बिरुवा । त
भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकीय धार्मिकस्थल प्रेम मन्दिरमा जाने सडकखण्डमा बिक्रीका लागि राखिएका प्लास्टिकबाट बनेका मुडा । 
भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिर  परिसरको सुन्दर बगैँचा । 
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरा विमानस्थलमा अवतरण गर्दै ।
नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको मुलुककै ठूलो सौर्य प्लान्टको सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य निर्माणस्थल विदुर नपा–६ स्थित स्थलगत अवलोकन गर्नुहुँदै । उक्त योजनामार्फत हाल १० मेगावाट विद्युत् उत्पादन थालिएको छ भने अबको छ महिनाभित्रै कार्यसम्पन्न गर्ने लक्ष्य छ । 
बैतडीको सुर्नया गाउँपालिका– ३ स्थित बगजेबलामा मृत फेला परेको चितुवा । कुनै जङ्गली जनावरसँग लडाइमा चितुवा मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।
चितवनको  एतिहासिक  धार्मिकस्थल इच्छाकामना– ५ स्थित   निर्माणाधीन इच्छाकामना माईको  मन्दिर ।   इच्छाकामना गाउँपालिका र  बागमती प्रदेश सरकारको  आर्थिक सहयोगमा  निर्माण भइरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का सर्वसाधारणलाई वडा कार्यालयबाट बिरुवा वितरण गरिँदै । कौसीखेतीमा सघाउन वडा कार्यालयले ८०० परिवारलाई बिरुवा वितरण गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: