×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सले मंगलबारदेखि २५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्दै, भाउ कति ?

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सले मंगलबारदेखि २५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्दै, भाउ कति ?

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले भोलि मंगलबारदेखि संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँमा २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले २७५ रुपैयाँलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसमा बैशाख ६ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: