
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा खेत हिल्याएर रोपाइँ गरिरहेका किसानदेखि पाशुपत क्षेत्र आसपासमा कलात्मक मूूर्ति बनाउँदै गरेका एक दम्पतीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा खेत हिल्याएर रोपाइँ गर्दै किसान । जिल्लाका विभिन्न ठाउँमा कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् ।

पाशुुपत क्षेत्र आसपासमा कलात्मक मूूर्ति बनाउँदै एक दम्पती ।

खानेपानीको समस्याका कारण तनहुँको घिरिङ गाउँपालिका–५, भगवतीपुरका महिला डोकोमा पानी बोकेर घरतर्फ जाँदै ।

वरिष्ठ गीतकार हरिगोपाल प्रधानद्वारा लिखित “यो मुटुमा सधैँभरि” नामक गीति एल्वम शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको हातबाट विमोचन गरी वल्र्ड रेकर्ड राख्न सफल हुनुभएकामा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र गीतकार प्रधानलाई हस्तान्तरण गर्नुहुँदै । उक्त गीतको म्यूजिक भिडियोमा राससका फोटोपत्रकार प्रदीपराज वन्त र मोडल कृजना डङ्गोलको अभिनय रहेको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा जलेर नष्ट भएका स्थानीयको घर । हिजो (बिहीबार) बेलुका भएको आगलागीबाट हतुवागढी गाउँपालिका वडा नं ८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्रिधार्मिक धाम हलेसी नजिकै निर्माणाधीन रक गार्डेन ९ढुङ्गे बगैँचा० को अनुगमन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलगायत । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई नगरपालिकाको पहलमा ढुङ्गे बगैँचाको रुपमा विकास गर्न थालिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ ।

झापाको दमक–८ का किसान रामदेव यादव बिक्रीका लागि काउली बजार लैजान तयार गर्दै । यादवले १० कट्ठा जमीन भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्