- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ८८ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ४ सयले बढेर प्रतितोला ८८ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७५ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम गरेको छ ।