
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेका कारण कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । कारोबार रोक्कासंगै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसानलाई नेप्सेले निर्देशन दिएको छ । कम्पनीले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारणसभाको सूचनामा १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते सो प्रस्ताव हटाएर फेरि साधारणसभा सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
