- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारणसभा मंगलबार हुने भएको छ । कम्पनीको सभा एलआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे हुने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा गर्न लागेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा प्रयोजनका लागि एलआइसी नेपालले फागुन ७ गतेदेखि नै बुक क्लोज गरिसकेको छ ।