×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी विकास बैंक र नेपाल दुरसञ्चार कम्पनीको साधारणसभा शुक्रबार, के के छन् एजेन्डा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल दुरसञ्चार कम्पनीको साधारणसभा भोलि (शुक्रबार) हुने भएको छ । बैंकले बिहान १० बजे रजिष्टर्ड कार्यालय दरबारमार्गमा साधारणसभा गर्ने जनाएको छ । बैंकको सभाले ८ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
यता नेपाल दुरसञ्चार कम्पनीले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे हुने भएको छ ।कम्पनीको सभाले प्रतिशेयर ४० का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश गत फागुन २७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: