Skip to content
LAXMI SUNRISE BANK

‘कृषि उत्पादनमा वृद्धि भयो, निकट भविष्यमा दुध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गर्छौँ’ : मन्त्री अर्याल (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको हो । परम्परागत कृषि प्रणालीहरु परिवर्तन हुँदै व्यवसायिकतातर्फ उन्मुख भएको बताउनुभयो । निकट भविष्यमा दुध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गरिने पनि बताउनुभयो । आगामी पाँच वर्षमा कृषि र पशुपंक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षिय योजना बनाउने पनि बताउनुभयो । 
उहाँले भन्नुभयो ‘अब आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा हामीले अबको पाँच वर्षमा कृषि र पशुपंक्षी क्षेत्रका सबै क्षेत्रमा हामी आत्मनिर्भर बन्ने मात्रै होईन ठुलो संख्यामा निर्यात गर्नेगरी, हाम्रो उत्पादनलाई बढाउने गरी हामी पञ्चवर्षिय योजना बनाउँदैछौँ ।’ मन्त्री अर्यालले आगामी आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई कृषिमा आर्कषित गर्ने उद्देश्यका साथ विद्यालयहरुमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताउनुभयो । मन्त्रालयले कृषिको क्षेत्रमा चलाएका विभिन्न कार्यक्रमहरुको पुनरावलोकन गरिने पनि मन्त्री अर्यालले बताउनुभयो । आगामी दिनमा परम्परावादी र खुद्रे खालका कार्यक्रमहरु नराखी उत्पादन बढाउने खालका कार्यक्रम राखिने पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK