×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुधबार नेप्सेमा हरियाली, ४०.४० अंकले बजार बढ्दा कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ बिन्दुमा पुगेको छ । नेप्से १.६९ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 
आज १३ सबै उपसमूहको सेयर बढेको छ । यस्तै आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर कारोबार भएको छ । पाँचथर पावर कम्पनी लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: