×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार रकम ह्वात्तै घट्यो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यस कम्पनीको १९ करोड ३७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर र निफ्राको भएको छ । आज ७ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: