×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३५ करोडमाथिको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ । 
यस कम्पनीको ४६ करोड ९६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल बंगलादेश बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताहरुले कमाएका छन् भने प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: