×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार नेप्सेमा पहिरो, ५१.२३ अंकले घटेको बजार २४०७.२५ बिन्दुमा रोकियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार नेप्सेमा पहिरो, ५१.२३ अंकले घटेको बजार २४०७.२५ बिन्दुमा रोकियो

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से घटेको छ । नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ ।
यस कम्पनीको ४४ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नबिल बैंकको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने हिमालयन पावर पाटनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: