×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार

PRIME CA

नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्ने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री खुला आज गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ले १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री खुला गर्ने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । 
राष्ट्र बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्न सक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । 
साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ । ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: