×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कष्टकर जीवन बिताउँदै कास्कीकी जमरकट्टेल, भक्तपुरको दरबार स्क्वायरमा ढकमक्क फुले फूल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कष्टकर जीवन बिताउँदै कास्कीकी जमरकट्टेल, भक्तपुरको दरबार स्क्वायरमा ढकमक्क फुले फूल

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कास्की जिल्लाको मादी गाउँपालिका– ९ गोर्र्जेस्थित छाप मैदानमा गुन्द्रीको सहायतामा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिक द्रौपदी जमरकट्टेलदेखि  भक्तपुरको दरबार स्क्वायर परिसरमा ढकमक्क फुलेको फूलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कास्की जिल्लाको मादी गाउँपालिका– ९ गोर्र्जेस्थित छाप मैदानमा गुन्द्रीको सहायतामा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिक द्रौपदी जमरकट्टेल । स्वासप्रश्वासको रोगले ग्रसित ९१ बर्षीया जमरकट्टेल आर्थिक अभावको कारण उपचार गर्न नसक्दा विगत सात वर्षदेखि कष्टकर जीवन बिताउन बाध्य हुनुहुन्छ ।
भक्तपुरको दरबार स्क्वायर परिसरमा ढकमक्क फुलेको फूल ।
दाङको शान्तिनगर गाउँपालिकामा पशुलाई रोग प्रतिरोधी खोप लगाउँदै पशु प्राविधिक ।
कैलालीको चुरे गाउँपालिका–५ का किसानले आधुनिक प्रविधिको प्रयोगबाट गरेका बेमौसमी काक्राखेती ।
स्याङ्जाको गल्याङ–चापाकोट सडक खण्डको चापाकोट– १० आँधीघाटमा पक्की पुल निर्माण गरिँदै । पुल निर्माणसँगै विशेषगरी वर्षायाममा सवारी आवतजावतमा सहजता हुनेछ ।
नुवाकोटको बेलेकोटगढी नगरपालिकाले सञ्चालनमा ल्याएको ‘कोभिड–१९ अस्थायी अस्पताल’को अनुगमन गर्दै नगरप्रमुख राजेन्द्ररमण खनाल । पछिल्लो समय कोरोना रोगको सङ्क्रमणको जोखिम बढेसँगै रोगको नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले आवश्यक तयारीमा जोड दिएको जनाएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका कृषकलाई कृषि सामग्री र औजार बितरण गरिँदै । पचास प्रतिशत अनुदानमा रु ४८ लाख बराबरको कृषि सामग्री र औजार वितरण गरेको हो ।
जिल्लाको ऋषिङ गाउँपालिका–८ गढीडाँडामा निर्माण भइरहेको गढी भ्यू टावरको मङ्गलबार अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतका । गाउँपालिकाले उक्त गढीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गर्न लागेको छ ।
तनहुँको भीमाद नगरपालिका–९, पाथर्दीमा पाहुनालाई स्वागत गर्दै युवती । गाउँमा पुग्ने पाहुनालाई स्वागतका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ का बलहादुर रानाले व्यावसायिक रुपमा पालेको स्थानीय जातका कुखुरा । उक्त वडामा व्यावसायिक कृषि फार्म विस्तार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: