
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले रोट्रयाक्ट क्लबले शुक्रबारदेखि सुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँ भकुण्डेको प्रचारका लागि बागलुङ बजारदेखि बराहतालसम्म हाइकिङ गरिरहेकोदेखि आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारेर बिक्रीका लागि सुकुटी बनाउँदै गरेकी एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखराको फेवातालमा डुङ्गा शयर गर्दै विदेशी तथा स्वदेशी पर्यटक ।

आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारेर बिक्रीका लागि सुकुटी बनाइँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।

रोट्रयाक्ट क्लबले शुक्रबारदेखि सुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँ भकुण्डेको प्रचारका लागि बागलुङ बजारदेखि बराहतालसम्म हाइकिङ गर्दै ।

आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारिँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको हो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।

रावाबेँसी गाउँपालिकाको सबैभन्दा बढी कृषि उत्पादन हुने वडा नं। ४ डुम्रेधारापानीस्थित कटहरेबेँसी । जिल्लाको दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका कृषि उपज उत्पादनमा सबैभन्दा उर्वर मानिन्छ । त यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।

पोखरा-९, नयाँबजारमा लिडार स्पिड गनबाट सवारी साधनको स्पिड हेर्दै ट्राफिक प्रहरी । जिल्ला ट्राफिक कार्यालयले यो प्रविधिको प्रयोगबारे ट्राफिक प्रहरीलाई तालिम दिइरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाको बाँध ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई खेत जोत्न प्रयोग हुने पावर टिलर हस्तान्तरण गर्नुहुँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर बिष्टलगायत । प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्र्तगत सञ्चालित गहुँ ब्लकमा आवद्ध किसानलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ ।

बारेकोट गाउँपालिका–१ सिर्पाचौरमा लगाएको तोरीबाली ।

तनहुँको म्याग्दे गाउँपालिका–३ मा धयरेमा चैतेधान रोपाइँका लागि व्याडबाट बीउ निकाल्दै । जिल्लाका कृषकलाई यतिबेला चैतेधान रोपाइँको चटारो छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्