×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जुम्लामा पानी घट्टामा कोदो पिस्दै स्थानीय महिला, पर्यटकविहिन बन्यो म्याग्दीको घोडेपानी

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जुम्लामा पानी घट्टामा कोदो पिस्दै गरेकी स्थानीय महिलादेखि सिजनमा पनि सुनसान बनेको म्याग्दीको घोडेपानीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
जुम्लामा पानी घट्टामा कोदो पिस्दै स्थानीय महिला । 
सुनसान रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पर्यटकीयस्थल घोडेपानी । सिजन सुरु भएपनि घोडेपानीलगायत पर्यटकीयस्थल सुनासान छ ।
चारैतिर घना जङ्गलले घेरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरको पोखरी नजिकै गुरुङ गाउँ ।
तनहुँको म्याग्दे गाउँपालिकाले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा एकल महिलालाई रातो टिका र पछ्यौरीबाट सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी राना । गाउँपालिकाले सात वटै वडाका १२७ एकल महिलालाई सम्मान गरेको छ ।
बागलुङ जिल्ला सदमुकामदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने छोटोमार्गको रुपमा चिनिएको सडकको स्तरोन्नती गरिंदै । गण्डकी प्रदेश सरकारको रु ३९ लाख लागतमा सडक स्तरोन्नती भइरहेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ६ गोसाईस्थानडाँडा नजिकै सञ्चालनमा ल्याएको सुविधा सम्पन्न ‘आगन्तुक रिसोर्ट’ । पर्यटकीय क्षेत्र काभ्रेपलाञ्चोकको धुलिखेल नजिकै सञ्चालनमा आएको तीन तारे होटल हो ।
पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ ढुङ्गानावेशीस्थित जनता माविमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हाते ट्«याक्टरले जमिन जोत्दै । कृषि बाली विज्ञान अन्तर्गत प्रयोगात्मक सिकाइका लागि विभिन्न बाली लगाउन जग्गा खनजोत गरिन लागेको हो । 
जुम्ला सडक छेउमा खेतमा पानी लैजानका लागि श्रमदानबाट वाल बनाउदै स्थानीय जनता ।
मुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ ।
बैतडीको गोठलापानीमा निर्माणाधिन ५० शैय्याको अस्पताल । कोभिड–१९ का कारण अस्पताल निर्माणमा ढिलाई भएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: