×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धुलिखेलमा ह्वात्तै बढ्यो पर्यटकको संख्या, ठेकेदारको लापरवाहीले अलपत्र खोटाङको सडक

PRIME CA

देश बोल्ने फोटो कथा : धुलिखेलमा ह्वात्तै बढ्यो पर्यटकको संख्या, ठेकेदारको लापरवाहीले अलपत्र खोटाङको सडक

अर्थ सरोकार

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पर्यटकीयस्थल धुलिखेलस्थित देवीस्थान डाँडाबाट धुलिखेल बजारतर्फ फर्किंदै गरेका आन्तरिक पर्यटकदेखि ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा दिक्तेल–खानीडाँडा सडकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पर्यटकीयस्थल धुलिखेलस्थित देवीस्थान डाँडाबाट धुलिखेल बजारतर्फ फर्किंदै आन्तरिक पर्यटक । कोभिड–१९ को प्रभावका कारण प्रायः सुनसान रहेको पर्यटकीय क्षेत्र धुलिखेलमा अब पर्यटकको चहलपहल बढ्दै गएको छ । 
ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा दिक्तेल–खानीडाँडा सडक । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्ने गरी कालोपत्रको  जिम्मा लिएका याक्तुहाङ साप सिरुवा जेभी कम्पनीका प्रतिनिधि भागेपछि सडक अलपत्र बनेको हो । 
सल्यान जिल्लाको कपुरकोट क्षेत्रमा लगाइएको  गहुँबाली । 
सात रोपनी क्षेत्रफलमा पोखरी बनाए तनहुँको भीमाद नगरपालिका–४ तुरतुरेमा गरिएको व्यावसायिक माछापालन। 
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टाङ सामुदायिक वनमा रहेको हरित पार्कभित्र बन्दै गरेको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको आर्थिक एवं प्राविधिक सहयोगमा हरित पार्क र ट्रि हाउस निर्माण हुँदैछ । 
बालसिद्ध प्राथमिक विद्यालय रामपुर नगरपालिका– १० स्वामीभन्ज्याङ्ग पाल्पाका प्रधानाध्यापक लेखप्रसाद श्रेष्ठ आफूले निर्माण गरेको विभिन्न शैक्षिक सामग्री देखाउनुहुँदै ।
पोखरा– ६ लेकसाइड गौरीघाटस्थित शिव मन्दिर परिसरमा राखिएको घण्टी र फेवातालको दृश्य ।
त्रिधार्मिक धाम खोटाङको हलेसीमा शक्ति आर्जनका लागि पूजाअर्चना गर्नुहुँदै इलामका लट्टाधारी बिजुवा धनबहादुर चाम्लिङ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा आफूले चिताएको काम पूरा होस भन्ने कामनासहित पूजाअर्चना तथा दर्शन गर्ने गरिन्छ ।
लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल । यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर हिमाल हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: