
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भारतमा कोरोनाभाईरसको सङ्क्रमण पुनः बढ्न थालेपछि नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका नेपालीदेखि तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न बीउ काढ्दै गरेका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भारतमा कोरोना भाईरसको सङ्क्रमण पुनः बढ्न थालेपछि नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका नेपाली ।

तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न बीउ काढ्दै किसान । जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगा वाट क्षमताको राहुघाट जलविद्युत आयोजनासँग जोड्ने प्रसारण लाइन । नेपाल विद्युत प्राधिकरणले दाना–कुश्मा प्रसारण लाइनको मल्लाज खण्डदेखि राहुघाट जोड्न प्रसारण लाइन बनाएको हो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ स्थित खेतमा किसानले लगाएको आलु खेती । पनौतीमा आलु उत्पादनमा राम्रो हुने भएकाले कृषक यो खेतीमा आकर्षित छन् ।

महाबौद्धमा सञ्चालमा ल्याइएको टुलिपयुनिसेक्स सलुन एण्ड हेयर व्यूटी मेकअप स्टुडियोको मङ्गलबार उद्घाटन गर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ । साथमा सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दनालगायत ।

म्याग्दी सदुरमुकाम बेनीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मोतिविन्दुको शल्यक्रिया गरेका विरामी । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवको आयोजनामा सञ्चालन भएको शिविरमा ६८ ले आँखाको सल्यक्रिया गरेका थिए ।

म्याग्दीको पर्यटकीयस्थल रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक ।

सूर्यविनायक नगरपालिकामा अवस्थित सिद्धपोखरीमा घुम आएका आन्तरिक पर्यटक । संरक्षणको अभावमा लामो समय फोहर भएको पोखरी अहिले स्थानीयवासीको क्रियाशीलतमा सफा भएको छ ।

धनकुटाको मुलघाट बजारमा तमोर नदीमा मारेर बेच्न राखिएका माछा । धरान–भेडेटार हुँदै जाने कोशी राजमार्गको एक विन्दु मुलघाट यात्रामा आउनेहरुले माछा खरिद गरेर लैजाने गर्छन । मुलघाटदेखि सुनसरीको चतरासम्मको ¥याफ्टिङ यात्रामा आउनेले पनि फर्कँदा तमोरको माछा लिएर जाने गर्छन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्