×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : आलुको उत्पादन बढेपछि मख्ख भए रामपुरका किसान, अजिङ्गर भिरमा गुड्दै सवारीसाधन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : आलुको उत्पादन बढेपछि मख्ख भए रामपुरका किसान, अजिङ्गर भिरमा गुड्दै सवारीसाधन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले रामपुर नगरपालिका–५ स्थित बाह्रसिसे खेतमा लगाइएको आलु खनेर थुपार्दै गरेका किसानदेखि म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ मा रहेको अजिङ्गर भिरमा सडक निर्माणपछि गुड्दै गरेका सवारी साधनसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
रामपुर नगरपालिका–५ स्थित बाह्रसिसे खेतमा लगाइएको आलु खनेर थुपार्दै किसान । आलुको उत्पादन बढेपछि कृषक उत्साहित बनेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ मा रहेको अजिङ्गर भिरमा सडक निर्माणपछि गुड्दै गरेका सवारीसाधन । दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले खण्डको सडकमा करीब १७ करोड लागतमा सडक निर्माण गरिएको छ । 
म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने मोटरबाटोमा पहिलो पटक गाडी गुडेपछि सडकमै पञ्चेबाजा बजाएर खुशियाली मनाउँदै दर्मिजावासी । 
तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेको होटल सःस इनमा मङ्गलबार बिहान भएको आगलागीबाट पुगेको क्षति । विद्युत सर्ट भएर आगलागी हुँदा होटलको तल्लो तलाको अधिकांश भागमा क्षति पुगेको छ । 
जनता मावि निस्दी गाउँपालिका–५ पाल्पाका कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थी मकै र सयपत्री फूल लगाउने ठाउँ सरसफाई गर्दै । लाको अधिकांश भागमा क्षति पुगेको छ । 
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको आगलागी क्षेत्रबाट मङ्गलबार सुरक्षित स्थानमा अलैँची ओसार्दै सुरक्षाकर्मी ।
संघीय संसद, प्रतिनिधि सभा बैठक कक्ष । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको छ  । 
लमजुङ बेँसीशहर नगरपालिका–९ पाखाथोकमा निर्माण हुन लागेको मानवसेवा आश्रमको भवन निर्माणबारे छलफल गरिँदै । 
म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको पालिका स्तरीय प्रथम किशोरी सम्मेलनमा सहभागी किशोरी। सम्मेलनले बालविवाह, यौन हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छतासम्बन्धी ११ बुँदे मुना घोषणापत्र जारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: