×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : माछा मार्ने प्रतियोगितामा भेला भएका सहभागी, काहुँडाँडामा फुल्न थाल्यो ढकमक्क लालीगुराँस

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३, बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै गरेका स्थानीयवासीदेखि पर्यटकीय क्षेत्र काहुँडाँडामा फुल्न थालेका ढकमक्क लालीगुराँससम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३, बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् । 
पर्यटकीय क्षेत्र काहुँडाँडामा फुल्न थाल्यो ढकमक्क लालीगुराँस । पोखराबाट सबैभन्दा नजीकमा लालीगुराँस देख्न सकिने सो स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनका अवसरमा शुक्रबार बिहान बुटवलमा निकालिएको प्रभातफेरी । 
जाजरकोटको बारेकोट गाउँपालिका–२, लिम्सास्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा निर्माण गरिएको वीरेन्द्र–एेश्वर्य माध्यमिक विद्यालय भवन ।
जाजरकोटको बारेकोट गाउँपालिका–२, लिम्सास्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा निर्माण गरिएको वीरेन्द्र–एेश्वर्य माध्यमिक विद्यालय भवन ।
वीरेन्द्रनगर नगरपालिकास्थित बुलबुले ताल संरक्षणका अभावले जीर्ण देखिएको छ । कर्णाली प्रदेशको आकर्षक प्रर्यटकीयस्थल  ताल संरक्षणका लागि स्थानीयवासी क्रियाशील छन् । 
कर्णाली प्रदेशको बुलबुले ताल परिसरमा कर्णाली उत्सवअन्तर्गत  दोस्रो  संस्करणको महोत्सवमा फोटो प्रदर्शनी अवलोकन गर्दै सर्वसाधारण ।
म्याग्दीको मालिका गाउँपालिका–७, बिमका पहिरो पीडितलाई प्रवासी म्याग्देली र गाउँपालिकाको सहयोगमा निर्माण हुँदै गरेका घर । गत असारमा पहिराले बिमका तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटका  ३३ घर भत्किएको थियो  । पहिरोपीडितका लागि अहिले २२  घर निर्माण भइसकेका तथा बाँकी निर्माण प्रक्रियामा छन् ।
घोडा चढेर रसुवाको गोसाइँकुण्ड जाँदै पर्यटक  ।  अधिकाँश स्थानमा मोटरबाटो पुगे पनि  वृद्धवृद्धा र उकालो हिँड्न नसक्ने यात्रु चन्दनबारीदेखि लौरीविनायकसम्म जान घोडा प्रयोग गर्ने गर्छन् । 
महाशिवरात्रि पर्वका अवसरमा बिहीबार लमजुङ, मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा रातभरि जाग्राम बसेर ठाडो बत्ती बाल्न आएका भक्तजन  । शिवरात्रिका रात जाग्राम बसेर यस मन्दिर परिसरमा बत्ती बालेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, भएकाहरुको सन्तानको कल्याण हुने जनविश्वास रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: