×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : प्रदर्शनीमा राखिएका चित्रकलामा सर्वसाधारणको रुचि बढ्यो, राइनास घरवासमा बढे पर्यटक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लमजुङ राइनास नगरपालिका–९  रहेको राइनास घरवास (होमस्टे) गाउँमा बढेका पर्यटकदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएको चित्रकला अवलोकन गरिरहेका सर्वसाधारणसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमजुङ राइनास नगरपालिका–९  रहेको राइनास घरवास (होमस्टे) गाउँ ।  समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा कोभिड सङ्क्रमणको जोखिम कम हुन थालेपछि यतिबेला दैनिक २००/३०० जना पर्यटक आउन थालेसँगै घरवास सञ्चालकले राम्रो आम्दानी गर्न थालेका  छन् ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएको चित्रकला अवलोकन गर्दै सर्वसाधारण । प्रदर्शनीमा करिब २०० चित्र राखिएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार  थापाथलीमा नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको निरीक्षण  गर्दैं । 
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएको चित्रकला अवलोकन गर्दै सर्वसाधारण । आगामी शनिबारसम्म हुने प्रदर्शनीमा कलाकारहरु चन्द्रा श्रेष्ठ, नयना शाक्य, शैली राना विष्ट, सुनिभा श्रेष्ठ, विशाल महर्जन, पलिस्था मानन्धरलगायत ११ जना कलाकारको करिब २०० वटा क्यानभासका चित्र रहेका छन् । प्रदर्शनीमा राखिएको चित्र पाँच हजारदेखि ५० हजारसम्मका रहेका छन् । 
तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । 
 बागलुङ नगरपालिका–१० भकुण्डेबाट देखिएको बागलुङ बजार । 
लमजुङको राइनास नगरपालिका–९, राइनासमा रहेको परम्परागत शैलीको घुमाउने घर । संरक्षण अभाव र वेवास्ताका कारण हराउँदै गएका यस्ता घरहरुको यति बेला नयाँ पुस्ता र पर्यटकको रोजाइमा पर्न थालेको छ । 
प्रदेश नं १ स्वास्थ्य कार्यालय मोरङद्वारा बुधबार हात्तीपाइले रोगविरुद्ध आम औषधि खुवाउनेसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख डा सुरेश मेहता ।  
आठबीसकोट नगरपालिका –५ र ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । 
जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारका स्थानीयबासी कुवा निर्माण गर्दै । पछिल्लो समयमा भएका कुवाहरु संरक्षणको अभावमा विस्थापित हुँदै गएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: