×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कञ्चनपुरमा डोको बिक्रीका लागि ग्राहक कुर्दै एक दम्पती, बनेपा चोकमा सुन्तलाको व्यापार गर्दै महिला

PRIME CA

देश बोल्ने फोटो कथा : कञ्चनपुरमा डोको बिक्रीका लागि ग्राहक कुर्दै एक दम्पती, बनेपा चोकमा सुन्तलाको व्यापार गर्दै महिला

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका– १० स्थित झलारी बजारमा डोको बेच्न बसेका ज्येष्ठ दम्पतीदेखि काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकको फुटपाथमा सुन्तला बेच्नका लागि ग्राहक कुर्दै बसेका महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका– १० स्थित झलारी बजारमा डोको बेच्न बसेका ज्येष्ठ दम्पती । 
काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकको फुटपाथमा सुन्तला बेच्नका लागि ग्राहक कुर्दै बसेका महिला ।
म्याग्दी सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा सहभागी हुन आएका नेवारी मौलिक पोशाकमा सजिएका महिला । 
जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा रहेको दरबारको पुनःनिर्माण गरिँदै । रु ७० लाखको लागतमा पुनःनिर्माण कार्य थालिएको हो ।
भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिर परिसरमा राधे राधे लेखेर सजाइएको सुन्दर बगैँचा । 
भारतको आगरास्थित ताजमहल । विश्वको सबैभन्दा प्रख्यात र मान्यता प्राप्त भवनमध्ये ताजमहल पनि एक हो ।
कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाका महिला टनेलमा फलेको काँक्रा देखाउँदै । यहाँका किसानले काँक्रालगायतको तरकारीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । 
जुम्लाको तातोपानी गाउँपालिका– ६ मा रहेको हियाखोलमा स्थापना हुने नमुना स्याउ बगैँचाका लागि रायसल्लाह लिँदै सो वडाका स्थानीयवासी र गाउँपालिका जनप्रतिनिधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि प्रविधिक । सो स्थानमा पाँच हजार ७०० स्याउका बिरुवा लगाउने स्याउ सुपरजोन कार्यालय जुम्लाका कार्यालयप्रमुख नमराज भण्डारीले बताउनुभयो ।
डोल्पाको सदरमुकाम दुनैलाई जोखिमबाट जोगाउका लागि करोडौँ बजेट खर्च भए पनि काम प्रभावकारी नहुँदा झन जोखिममा ।  कान्छाराम थोदुङ्ग क्याराभान जेभीले नदीमा जथाभावी डोजर प्रयोग गरी चारैतिर धमाधम ढुङ्गा उत्खनन कार्य तीव्र बनाएपछि सदरमुकाम जोखिममा परेको हो  ।
माथिल्लो मनाङबाट शुक्रबार देखिएको सुन्दर गङ्गापूर्ण हिमाल ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: