
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे भएकोदेखि पोखरा महानगरपालिका–६, क्याम्पिङचोक नजिकै फेवाताल घुम्न पुगेका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड ।

पोखरा महानगरपालिका–६, क्याम्पिङचोक नजिकै फेवाताल घुम्न पुगेका आन्तरिक पर्यटक ।

पोखरा महानगरपालिका–६ जरेवरस्थित बिहीबार बिहान फूलको रुखमा देखिएको कांकिर चरा ।

पोखराको फेवातालस्थित डुङ्गामा बसेर बल्छीबाट माछा मार्दै युवा ।

जीर्णोद्धार अभावमा घाँसे मैदानमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ स्थित ३०० वर्ष पुरानो ‘निगु पुखुः’ मा नगरपालिकाले रु तीन करोड खर्चेर पुनःनिर्माण सकेर आगामी बिस्केट जात्राका लागि पानी भरेपछि देखिएको पोखरीको दृश्य ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का अल्लो व्यवसायी विश्व लिम्बू ग्राहकलाई अल्लोको कपडा देखाउँदै । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने हुँदा यसको माग देशविदेशसम्म हुने गरेको छ । जिल्लामा २९ अल्लो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जनाएको छ ।

रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ८ का १९ घरपरिवारका कृषकलाई नगरको रु दुई लाखको लागतमा ५० घार मौरी वितरण गरिँदै ।

समुद्री सतहदेखि चार हजार २०० मिटर अग्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३, ताक्सीमा चैत महिनामा पनि नपग्लेको हिउँ । हिउँकै कारण यहाँ विकास निर्माणको काम हुनसकेको छैन ।

डोल्पो बुद्ध गाउँपालिका –३ धो तराप डोल्पामा चौँरीको दूध दुहँदै स्थानीयवासी । यहाँ दूधको मुख्य माध्यम चौँरी नै रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्