×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकको ५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २०२ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुलेको छ ।
यस्तै नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७ सय २० रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर आजको कारोबार खुलेको छ ।
यता महुली लघुवित्त वित्तीय संस्थाको पनि  २०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २१ सय ८८ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर मंगलबारको कारोबार खुलेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: