×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा परिश्रमी बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना, संचालक भन्छन्, ‘कोरियामा सिकेको सिप र कमाईको सदुपयोग गछौँ’

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । धनगढीमा परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहराले सहकारीको उद्घाटन गरेका हुन् ।सुदूरपश्चिमबाट कोरियामा काम गर्न गएका युवा र कोरियाबाट स्वदेश फर्किएका युवाहरुको सहकार्यमा उक्त संस्था सञ्चालनमा ल्याईएको हो । कोरियामा काम गरेर सिकेको सीप र कमाईलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूले सहकारी खोलिएको सहकारीका अध्यक्ष धर्मराज जोशीले बताए ।पहिलो चरणमा कोरियामा काम गरेका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गर्ने सहकारीको योजना रहेको छ । उक्त सञ्चय रकमबाट कोरियाबाट फर्केका युवालाई सहुलियतमा ऋण प्रदान गरि युवाहरूले उत्पादन गरेको बस्तुलाई सहकारीले खरिद गरेर बजारसम्म पुर्याउने र उनिहरुलाई ब्यवसायमा सक्षम बनाउने सहकारीको योजना रहेको उनले बताए । अबको दिनमा सहकारी सन्चालनमा आएपछि कोरियाबाट फर्केका युवाले स्वदेशमा के गर्ने कसरी गर्ने भनेर सोच्नु पनि नपर्ने उनले बताए । उद्घाटन कार्यक्रमका सभापति उत्त सहकारीका अध्यक्ष धर्मराज जोशी रहेका थिए । भने बिशिष्ट अतिथि उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु र कैलाली सहकारीका पुर्व अध्यक्ष रहेका थिए । यस्तै विभिन्न सहकारीका प्रतिनिधि,अन्य ब्यक्तित्व लगायत कोरियाबाट फर्किएका युवाहरू सहभागी रहेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: