×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द, परीक्षाका कार्यक्रमहरु भने बन्द नहुने ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले मंगलबार देखि चार दिनसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका उच्च अधिकारीहरु सहभागि भएको बैठकले मंगलबारदेखि चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । 
गत शुक्रबारदेखि देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चैत १७ गते देखि २० गते सम्म बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताउनुभयो । पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्नेसमेत बताउनु भएको छ ।
चैत २१ गते शनिबार परेकाले आगामी आइतबारदेखि मात्रै शिक्षण संस्था खुल्ने भएका छन् । शुक्रबार देखि काठमाडौं सहित देशभरको वायुमण्डलमा प्रदूषण बढेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: