- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १८ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ४८ करोड ९४ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निर्धन उत्थान लघुवित्त र एनएलजी इन्स्योरेन्सको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै वोमी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।